दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हेलम्बूमा आगलागी हुँदा ३ बालकको मृत्युु

काठमाडौं । हेलम्बू गाउँपालिका–७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्युु भएको छ। सोमबार साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।

आगलागीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्युु भएको हो।

गोठमा थुपारिराखेको मकैको ढोड र सुकेको नल सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा लागेको आगो ननिभाउन नसकेकाले मानवीय क्षति हुन पुगेको बताए। गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आगलागी भएको अनुमान गरिएको उनले बताए। 

आगलागी हुँदा तामाङको गोठमा बालकहरू मात्र रहेको बताइएको छ। 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २५ बजे