बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बा.४ ख ७७६६ नम्बरको बसले बागमती प्रदेश ०२-०२० प ८११४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-१० पिप्ले घर भई हाल सोही ठाउँस्थित मेरो माईक्रो फाईनान्समा काम गर्ने २३ वर्षीय बासु बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार रहेका बस चालकलाई खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ०२ बजे