दक्षिणपन्थी अवसरवादलाई परास्त नगरेसम्म समाज परिवर्तन सम्भव छैन : बादल

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले दक्षिणवादी अवसरवादलाई परास्त नगरेसम्म समाज परिवर्तन सम्भव नहुने बताउनुभएको छ । 

एमालेको महाधिवेशनका सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले समाजलाई सफल पार्न अराजकतावादलाई अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो । पुँजिवादी व्यक्तिवादले नै अराजकतावाद उत्पन्न हुने भन्दै उहाँले विश्वको कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्दा अराजकतावादलाई परास्त गरेर मात्र समाजवाद सफल भएको दाबी गर्नुभयो । 

उहाँले हाल नेपालमा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा रहेको पुष्टि समेत गर्नुभयो । एमालेको १० औं महाधिवेशनले सही र सक्षम नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसको नेतृत्वमा नेपालमा दक्षिणवादी पुँजिवाद हाबी हुँदै गएको समेत उहाँले आरोप लगाउनुभयो । 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : ४२ बजे