‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विश्वासको पक्षमा मत दिन नेकपा एमालेले  सांसदहरुलाई ह्वीप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

वालुवाटारमा बसेको नेकपा एमालेको आज बसेको स्थायी कमिटि बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप  जारी गरेको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : २४ बजे