दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशलाई बर्खास्त गर्न माग

काठमाडौँ । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

प्रधानन्यायाधीशलाई पदबाट हटाउन माग गर्दै नोल बारको नेतृत्वमा कानुन व्यवसायीले लामो समयदेखि आन्दोलन गरिरहेका भए पनि प्रमुख राजनैतिक दलहरूले भने प्रधानन्यायाधीश विरुद्ध कुनै कदम चालेका छैनन् ।  यहीबीच नेपाल बारले उनीहरूलाई आज ज्ञापन पत्र बुझाउन लागेको हो।

नेपाल बारले कात्तिक ३० गते नै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।

पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । आज पनि कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : २४ बजे