काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउसो १ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमै विभागीय प्रतिद्वन्द्वी पाउँदा दुवै टोलीले अङ्क जोड्न कठिन महसुस गरेका छन् । यद्यपि दुवै टोली सिजनको सुरुआत सुखद बनाउन चाहन्छन् । साबिक उपविजेता समेत रहेको आर्मीले पुलिसलाई कमजोर मान्ने छैन । पुलिस समेत आर्मीलाई सहज मान्दैन ।
नवीन न्यौपानेको प्रशिक्षणमा रहेका आर्मी राष्ट्रिय फुटबल टोलीका सदस्य भरत खवासको कप्तानीमा हुनेछ । आर्मीले यस सिजनको लिगमा स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाएको छ । लिगको प्रि–सिजनका क्रममा नवयुगले घुँडोमा चोट लागेको छ ।
पूर्व खेलाडी अनन्तराज थापाको प्रशिक्षणमा रहेको पुलिस युवा खेलाडी राम वाजीको कप्तानीमा हुनेछ । पुलिसको कप्तानी यसैले गर्ने भनेर पक्का भने छैन । विभागीय टोलीले दर्जाको हिसाबमा प्लेईङ सेटमा खेल्नेलाई कप्तानी दिँदै आएको प्रचलन छ । पुलिसलाई तेज तामाङ, सुमन लामा, अजित प्रजापति, रवि पासवान लगायत खेलाडीको साथ हुनेछ ।
पहिलो चरणको अन्तिम तथा आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्नेछ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।
साबिक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठुला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ ।
प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद सुरुआत गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ ।
मछिन्द्रले विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, रेजिन धिमाल, रेजिन सुब्बा, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतार्दै आक्रामक फुटबल खेल्ने योजना बनाएको छ ।
नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुआती खेलमा तिन अङ्क ल्याएर लिगमा सुखद सुरुवात गर्ने योजनमा छ ।
क्लबले मछिन्द्रलाई रोक्दै काउण्टरमा दबाब शृजना गर्न सक्छ । जसका लागि मछिन्द्रले नेपाल सुपर लिग (एनएसएल) मा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन सिमरलाई टोलीमा अनुबन्धन गरेको छ । क्लबले दुई खेलाडीबाट धेरै आशा गरेको छ ।
टोलीलाई राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, एरिक विष्टको साथ छ । एन आरटी अजित प्रजापतिको कप्तानीमा मैदान उत्रने छ ।
१४ क्लबको सहभागिता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।
प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ७ : ५७ बजे
प्रतिक्रिया