नवलपुरका घरघरमा एमालेको निम्तो

कावासोती । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपुर जिल्लाका वडा वडाका घरघरपुगी निमन्त्रणा पत्र पठाइएको छ । एमाले नवलपुरले जिल्ला भित्रका ८ बटै पालिका भित्रका वडाहरुमा वडा कमिटि मार्फत प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र अभियानकै रुपमा पठाउन थालेको छ ।

दशौँ महाधिवेशन नवलपुर प्रचार प्रसार सहयोग समितिका संयोजक यमुनाथ आचार्यका अनुसार ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९२ वटै वडा निमन्त्रण पत्र पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरीएको बताउनुभयो  । अभियान शुभराम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा संधिय सासद तिलक महत क्षेत्रीले गर्नुभएको कावासोती नगर पालिका वडा नं. ३ का वडा कमिटि अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले बताउनुभयो ।

निमन्त्रणा पत्र एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) दशौं महाधिवेशन प्रचार प्रसार सह संयोजक सागर पोख्रेलले बताउनुभयो ।
एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ३० बजे