‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजिनामा : प्रदेश प्रमुखद्वारा ३ दिनभित्र सरकार गठनको आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ  । 

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाउनुभएको हो ।  यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गनुृभएको छ ।

प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गर्नुभएको छ  ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव उपर भोलि मतदान हुने कार्यसूची थियो ।आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : १६ बजे