दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चीनले अफगानिस्तानलाई पठायो एक हजार टन सामग्री 

बेइजिङ – चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ । चीनले पठाएको एक हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल चीनको उत्तर-पश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ । 

चीनले पठाएका सामग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन् । सन् २०२१ देखि चीन-अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ । 

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयातनिर्यात भएको बताएका थिए । 

१५ अगस्टमा तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ । चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने वचन दिएको छ । 

एजेन्सी

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : १३ बजे