‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सकियो ‘निर्णायक वार्ता’ : माधव नेपाल पक्षको राजीनामा हल्ला मात्रै हो – नेम्वाङ

काठमाडौं ।  नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले दिने भनेको राजीनामा चर्चा मात्रै भएको एमाले नेता सुवास नेम्वाङले बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूको ‘निर्णायक वार्ता’पछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले छलफलमा आफूहरूले राजीनाको कुरा उठाएको बताउनुभयो।

‘राजीनामाको कुरा उठाउँदा उहाँले (नेपालले) पनि थाहा नपाए जस्तो गर्नुभयो। त्यसैले यो चर्चाको कुरा मात्रै हो’, उहाँले भन्नुभयो । 

वार्ता पछि नेता नेपाल भने आफू पक्षीय सांसदहरुसँगको छलफलमा जुट्नुभएको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बसिरहेको छ । नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरू छलफलमा सहभागी हुनुहन्छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०५ बजे