‘एउटै नाउरको सिकार गर्न २३ लाख’

युरोपभर फेरि बढ्यो कोभिड सङ्क्रमण

वर्लिन ।  युरोपेली देशहरूमा फेरि कोभिड सङ्क्रमणमा तीव्र वृद्धि भएको छ । 

बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरूमा कोभिड सङ्क्रमण फेरि बढेको हो । 

कोभिड बढेसँगै ती देशहरूमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरू चालिएका छन् । पछिल्लो साता जर्मनीमा कोभिड सङ्क्रमण तीव्र बढेको छ । 

जर्मनीमा बिहीबार ६५ हजार नयाँ सङ्क्रमित भेटिएका थिए । यो सङ्क्रमण दर  महामारी सुरु भएयताकै सबैभन्दा ठुलो हो । पछिल्लो सङ्क्रमणलाई त्यहाँका स्वास्थ्य मन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भन्नुभएको छ ।

कोभिड सङ्क्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्र स्वरूप देशव्यापी लकडाउन घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्य मन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भन्नुभएको छ ।

त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठुलो जनसङ्ख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो ।अस्ट्रियामा अहिले औसतमा दैनिक १ हजार सङ्क्रमित भेटिएका छन् । 

त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि सङ्क्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । 

खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिवार नेदरल्यान्ड्समा खोप विरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् ।एजेन्सी

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १५ बजे