‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर

काठमाडौँ । भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मण्डपमा योगाभ्यास गराउनुभएको हो ।

शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी हुनुहुन्थ्यो । शिविरमा योग गर्न चाहनेलाई निःशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो ।

शिविर सकिएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ५८ बजे