यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

आज कस्तो छ मौसम?  प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।  देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । 

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ मङ्सिर ०५ गते (आइतबार)
दिउँसो :
देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ।

प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

राती : देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

२०७८ मङ्सिर ०६ गते (सोमबार)
दिउँसो :
प्रदेश १ को  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ को  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मङ्सिर ०७ गते (मङ्गलवार)
दिउँसो :
देश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : २३ बजे