एमाले महाधिवेशनको प्रचारका लागि उडाइयो बेलुन

काठमाडौं । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाइएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उडाउनुभएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो । 

आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल र्‍याली गरेको छ । संघका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिनुभयो । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ५१ बजे