यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो

काठमाडौँ । नेकपा (एमाले)ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा.राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । उहाँका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ । 

शुक्रवार नै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको हो । 

प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिनुभयो । 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ४० बजे