दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छः पुटिन

मस्को – रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ ।

दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने  बताउँदै  पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भन्नुभयो- "हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।"  उहाँले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताउनुभयो ।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले "खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको" समेत टिप्पणी गर्नुभएको छ। "हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं," उहाँले भन्नुभयो।

रासस- सिन्ह्वा

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : १२ बजे