‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कतै तपाईंलाई मुटुको समस्या त छैन ? हेर्नुस् त यी लक्षण :

मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका हुन्छन् । त्यसबाट मानिसको तत्काल मुत्यु समेत हुन सक्छ । हाल नेपालका करिब १५ प्रतिशत अर्थात् ४५ लाख मानिसहरुले कुनै न कुनै प्रकारको मुटु रोगबाट ज्यान गुमाइरहेका छन् । जुन कुल मृत्युको २५ प्रतिशत हो । हाल नेपालमा २० प्रतिशतमा उच्च रक्तचाप र ३ प्रतिशतमा कोरोनरी मुटु रोग देखिएको छ । यस्तै विद्यालय जाने उमेरका करिब १.२ प्रतिशतमा बाथसम्बन्धि मुटुको समस्या देखिएको पाइन्छ । 

मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन् । जस्तैः कोरोनरी मुटुरोग र हृदयघात, मुटुको बाथरोग, जन्मजात हुने मुटुको रोग आदि ।
 
कुन उमेर समूहमा बढी मुटुको समस्या हुन्छ ?
पुरुषको हकमा ५५ र महिलाको हकमा ६५ वर्ष माथि यो रोग बढी देखिने भएतापनि पछिल्लो समयमा व्यक्तिहरुको जीवनशैली, खानपान, कसरत जस्ता कुराले युवा अवस्था र बच्चामा पनि मुटुका रोगहरु देखिने गरेको देखिन्छ ।  

मुटुलाई कसरी जोगाउन के गर्ने ?
– स्वास्थ खानेकुराको सेवन गर्ने 
– समयमै सुत्ने र अनावश्यक तनाव नलिने
– प्रशस्त मात्रामा पहेँला फलफूल सेवन गर्ने
– चिनी, नुनिलो र चिल्लो पदार्थको कमै मात्र सेवन गर्ने
– हरियो सागसब्जी प्रशस्त खाने
– नियमित शरीरिक व्यायाम गर्ने
– धुम्रपान र मध्यपान नगर्ने

मुटुमा समस्या छ भनेर कसरी पहिचान गर्ने ?
– छातिको बीच भागमा अत्यधिक पीडा हुने
– परिश्रम गर्दा दम बढ्ने
– खुट्टाहरु सुन्निनु
– मुटु बेतालले धड्किनु
– चक्कर लाग्नु
– बेहोस हुने 
– अत्याधिक चिन्ता लाग्ने
– धाँटीको रक्तनली सुन्निने
– जोर्नीहरु दुख्नु
 
मुटु रोग लाग्ने कारक तत्वहरु :
– मध्यपान वा धु्रमपानको सेवन
– मोटोपना
– उच्च रक्तचाप
– खानेकुराको सेवनमा परिवर्तन
– रगतमा कोलेस्ट्रोल वा चिल्लो पदार्थ बढ्नु
– व्यायामको कमी
– फलफूलको सेवन नगर्नु
– वंशाणुगत समस्या
– चिल्लो, नुनिलो र चिनीको पदार्थको बढी सेवन ।
 
उच्च रक्तचापले मुटुमा कस्ता असर पुर्याउँछ ?
उच्च रक्तचाप विश्वव्यापी समस्या हो । बढ्दो औद्योगिकरण, सहरीकरण र सामाजिक आर्थिक विकासले ल्याएको परिवर्तित जीवनशैलीका कारण बढ्दै गएको मोटोपना, औषत आयु र मानसीक तनावका कारण यो रोग विश्वभर मात्र नभई नेपालमा पनि प्रतिदिन बढ्दो क्रममा छ ।
यसले शरीरका दुई मुख्य अंगहरु मुटु र मस्तिष्कमा नकारात्मक असर पुर्याउने गर्दछ । जस्तै : 
– मुटुको बायाँ भेन्ट्रिकल सुन्निने
– मुटुको पम्म कमजोर हुने
– हृदयघात तथा मुटुका धमनीहरु रोकिने अवस्था
– मुटुको चालमा हुने गडबडी
– रक्तनलीमा हुने असर
– मुटु फुक्न वा फैलिन नसक्ने
¬ मस्तिष्कमा हुने असरहरु
 
नेपाल सरकारले मुटु रोगका बिरामीहरुलाई के–कस्ता सेवा सुविधाहरु प्रदान गरेको छ ?
हाल नेपालमा जस्तोसुकै मुटु रोगको उपचार सम्भव हुँदै गएको छ । सर्वसाधारण जनतादेखि देशका मन्त्री, प्रधानमन्त्रीसम्म मुटुको उपचार स्वदेशमै भइरहेको छ । हाल १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको छ । त्यस्तै सरकारले त्यस्ता रोगीलाई एक लाखसम्म उपलब्ध गराउँदै आएको छ । जसबाट आम सर्वसाधारण जनताले समेत सहज उपचार गर्न पाइरहेका छन् ।
 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ३८ बजे