यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

चन्द्र ग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्र ग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्र ग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्र ग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । 

नेपालबाट विरलै छायाजस्तो भाग मात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उहाँले बताउनुभयो । यस पटकको चन्द्र ग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ । 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ३० बजे