एमाले महाधिवेशन :  कपिलवस्तुबाट को–को बने प्रतिनिधि ?

कपिलवस्तु । कपिलवस्तुबाट नेकपा(एमाले)को दसौँ राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । 

मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधिको टुङ्गो लागेको हो ।

विष्णु पन्थी, झबिलाल पोखरेल, विश्राम चौधरी, डम्बर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजादअहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र  खनाल, मोहम्मद  मुस्तफा र टोपलाल पोखरेल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ  ।

त्यस्तै, महिलातर्फ शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ भने दलित कोटामा शान्तिदेवी चमार र चन्द्रबहादुर गहतराज महाधिवेशन प्रतिनिधि बन्नुभएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ३६ बजे