मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना 

काठमाडौँ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ मङ्सिर ०३ गते (शुक्रवार)
दिउँसो :
 देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू(भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा  र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू(भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

 २०७८ मङ्सिर ०४ गते (शनिवार)
दिउँसो : 
देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू(भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू(भागहरू आंशिक देखि सामान्य बदली रहने छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।  

राती : देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। 

कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।   

२०७८ मङ्सिर ०५ गते (आइतबार) 
दिउँसो:
 देशका  पहाडी भू–भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

राती : देशका  पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। 

कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ५३ बजे