दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु

दाङ – रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ५२ बजे