‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीद्वारा विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी

दमौली – प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न सुझाव दिनुभएको छ । 

    खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीसँग आज भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी लिँदै राम्रोसँग पढ्न सुझाव दिनुभएको हो ।

    पढाइ कस्तो छ भनेर प्रधानमन्त्री ओलीले सोध्दा विद्यार्थीहरुले राम्रो छ भनेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राम्रोसँग पढ्नुहोला ।” प्रधानमन्त्री ओलीले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग भर्चुअल माध्यमबाट कुराकानी गर्नुभएको विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले जानकारी दिनुभयो । 

    कोभिड महामारीको बेलामा विद्यार्थीले अनलाइनबाट कसरी अध्ययन गरेका थिए भन्ने विषयमा प्रधानमन्त्री ओलीले चासो व्यक्त गर्नुभएको थियो । “अनलाइनबाट अध्ययन गर्दा कतिको प्रभावकारी भयो भन्ने विषयमा प्रधानमन्त्री ओलीले विद्यार्थीसँग कुराकानी गर्नुभयो,” प्रधानाध्यापक घिमिरेले भन्नुभयो । विद्यालयले पाँच महिना अगाडिबाट ‘फ्युज क्लासरुम’ बाट अध्यापन गराउँदै आएको थियो । ‘फ्युज क्लासरुम’ बाटै विद्यालयले परीक्षा लिने, गृहकार्य दिनेलगायतका काम गरेको थियो । 

    सो अवसरमा फ्युज मेसिनका नेपाल प्रमुख पराग श्रेष्ठले प्रधानमन्त्रीलाई यसबाट पढ्न गर्नुपर्ने प्रयोगको बारेमा जानकारी गराउनुभएको थियो । 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ०९ बजे