एमाले महाधिवेशन : स्वास्थ्यकर्मी संघबाट पाँच प्रतिनिधि सर्वसम्मत

काठमाडौं । चितवनमा आयोजना हुन गइरहेको नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  

आठ दिनपछि हुने महाधिवेशनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालबाट पाँच जना प्रतिनिधि चयन भएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार खुलातर्फ रामबहादुर चन्द, डा. झलक गौतम र डा. सन्तोष पौडेल  चयन हुनुभएको छ भने महिला कोटाबाट अन्जु बस्नेत र शारदा खनाल सर्वसम्मत चयन हुनुभएको हो  । एमालेको १०औँ महाधिवेशन चितवनमा १०–१२ मंसिरमा हुँदै छ ।  

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ५ : ४६ बजे