बारको धर्ना सुरू, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा 

काठमाडौं । कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गर्नुभएको छ । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएको हो ।

आफूबाहेकका इजलास गठन गर्नुभएका जबराले उहाँविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गर्नुभएको हो । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : २१ बजे