‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सभापति देउवालाई भेटेपछि ठाकुर र महतो बालुवाटारमा

काठमाडौं। जसपा अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगतै उनीहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर गएका हुन्। सभापति देउवालाई ठाकुरले आफ्नो पार्टीले अहिलेसम्म कुनैपनि निर्णय गरिनसकेको जानकारी  दिएका छन ।  भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएपछि पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेको बुझिएको छ । जसपाका नेताहरुले सभापति देउवासँग सवै मिलेर अघि बढनुपर्ने बताएका छन् । उनिहरुले अहिले सरकार बनाउने उचित समय नभएको भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् । 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४६ बजे