यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सामाजिक न्याय र समृद्धिको अभियन्ताका रूपमा एमाले अगाडि बढेको छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रूपमा एमाले अगाडि बढेको बताउनुभएको छ ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधवार साँझ विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ । हामी समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रूपमा हामी अघि बढ्न चाहन्छौँ । त्यसका क्रममा विद्यार्थी सङ्गठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ ।” 

अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर बुधवार नै काठमाडौँ फर्कनुभएको थियो । कार्यक्रममा लोकप्रिय कलाकार पृतम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहको थियो ।

यसैबीच, एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज बागमती प्रदेश स्तरको जनपरिचालन कार्यक्रममा सो पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा कुनै प्यानलगत उम्मेदवारी नभई सकेसम्म सहमतिका आधारमा चयन हुने बताउनुभयो । 

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ४१ बजे