नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६।९५ अङ्कले बढेर दुई हजार ८०१।५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३।९८ अङ्कले बढेर ५२५।४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४।७२, व्यापार २५।६४, होटल तथा पर्यटन ५१।५२, जलविद्युत् ७१।९८, वित्त ३२।४२, अन्य १०५।२८ र लघुवित्त ८।६८ अङ्कले बढेको छ । विकास बैंक ७५।७९, निर्जीवन बीमा ६।२३, उत्पादन १००।६, जीवन बीमा ८४।७१, सामूहिक लगानी कोष ०।०२ र लगानी ०।५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९।९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९।९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७।४७, महालक्ष्मी विकास बैंक ७।४१, गुराँस लाइफ इन्स्योरेन्स ४।१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३।८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३।०९ प्रतिशतले गुमाए । 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : २० बजे