यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

दयाल मिश्रसहित ४ हजार जनालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले भन्नुभयो,–‘हामीले चलाएको अभियानको जस लिने कार्य सरकारले गर्दैछ’

नेपालगंज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले लिन खोजेको आरोप लगाउनुभएको छ ।

आज नेपालगंजमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्नुभयो । ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उहाँले भन्नुभयो, ‘तर हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन ।’

नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत् खपत बढाउन आग्रह गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको गठबन्धन सरकार ।’ देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो। कार्यक्रममा  पशुपति दयाल मिश्रसहितका ३ हजार ९ सय ४३ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले नेता देवराज भारले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : २२ बजे