दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अक्सिजन सिलिन्डर खोजी गरिँदै

भादगाउँ – नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक दुर्घटना, झैझगडा, चोरी डकैतीलगायत सार्वजनिक अपराधका घटनामा कमी आएको छ । 

    सामाजिक अपराधका घटनामा कमी आएसँगै नेपाल प्रहरी अहिले फरक भूमिकामा सक्रिय भइरहेको छ । शान्तिसुरक्षामा अहोरात्र खटिनुपर्ने प्रहरी अहिले अस्पतालका लागि अक्सिजन ग्यास र सिलिन्डरको खोजी तथा व्यवस्थापनमा जुटेको छ ।

    निषेधाज्ञासँगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिँदै त्यसको व्यवस्थापनमा जुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताउनुभयो ।

    “अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यससँगै जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पु¥याउने कार्य गर्दै आएको छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।

    भक्तपुर प्रहरीले हालसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।
    
    परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर ईन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई पनि तीन वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उहाँले बताउनुभयो । त्यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिएको छ ।

    ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट सङ्कलन गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । “ती सिलिन्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्नेगरी अस्पताललाई दिएका छौँ, त्यहाँबाट फिर्ता आएपछि जहाँबाट हामीले सङ्कलन गरेका हौँ त्यहाँ फिर्ता गर्छौं”, उहाँले भन्नुभयो ।

    परिसरमा हाल ३७ खाली सिलिन्डर मौज्दात रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक थापाले कुनै अस्पताललाई आवश्यक परे सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँले आवश्यकताअनुसार सिलिन्डरको व्यवस्थापनको कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : १७ बजे