दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यस्तो छ ट्रम्पले बेच्न लागेको १२० वर्ष पुरानो होटेल भवन

न्युयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ । 
 
योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल व्यवस्थापनको जिम्मा लिनेछ । 

गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो ।

राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो ।  

२६३  कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो । सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो । 

१२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसबाट केही माईल टाढा छ । एतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रुपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो । 

त्यसको चार वर्षपछि त्यसलाई होटेलको रुपमा खोलिएको थियो, जतिबेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए ।  

ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो । 

होटल विवादमा तानिएको थियो । होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरुले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए । 

कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेल १५ करोड डलरमा फाइदा कमाएको भन्दै बढाइँचढाइँ गरेको हालै निस्कर्ष निकालेको थियो । 

होटेलले ७ करोड डलरमा नोक्सानी गरेको सो समितिले जनाएको थियो । बरु होटेलले विदेशी सरकारहरुबाट ३७ लाख डलरमा प्राप्त गरेको कागजपत्रमा देखिएको थियो ।

एजेन्सी
 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ४३ बजे