दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जीपको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको  ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ५४ बजे