काठमाडौँ । नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ ।
मङ्गलवार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो ।
नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट वञ्चित भयो ।
जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अङ्क जोडेको छ भने टर्कीले १० खेलमा २१ अङ्क जोड्यो । समान खेलबाट १८ अङ्क जोडेको नर्वे तेस्रो स्थानमा छ ।
प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार ८ : ३२ बजे
प्रतिक्रिया