दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विद्युतीय राहदानी (ई–पासपोर्ट)को आजदेखि परीक्षण वितरण सुरु हुँदै

काठमाडौँ । सरकारले आजदेखि विद्युतीय राहदानी( ई–पासपोर्ट)को परीक्षण वितरण सुरु गर्दैछ । 

सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई–पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।

ई–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्र मन्त्री डा.नारायण खड्काले आज गर्दै हुनुहुन्छ । परीक्षण सकिए लगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ०१ बजे