‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौंं । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ ।

नगरपालिका संघको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिनुभएको हो । उहाँले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने तयारी भईरहेको बताउनुभयो । 

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘ १५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

उहाँले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको समेत उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ०४ बजे