यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कस्तो छ आजको मौसम ?

काठमाडौँ  । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।  पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश  १, बागमती र गण्डकीका भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती​​​​​​​  पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  
२०७८ मङ्सिर ०१ गते (बुधवार)
दिउँसो :
प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

राती :  देशको पहाडी भू(भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मङ्सिर ०२ गते (बिहीबार)
दिउँसो :
देशको पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मङ्सिर ०३ गते(शुक्रवार)
दिउँसो :
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा आंशिक बदली  रहने  छ । उ

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा आंशिक बदली  रहने  छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : २८ बजे