यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेको प्रतिनिधि चयन सम्पन्न, १९ सय ९९ जनाको नाम केन्द्रिय कार्यालयमा पठाइयो

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि चयन सम्पन्न भएको छ ।

गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका थियो ।

पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५र१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ५५ बजे