यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, भोलिमात्र मुख्यमन्त्रीले विश्वासको मत लिने

विराटनगर । नेकपा (एमाले) का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन भएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै आजको बैठक स्थगन भएसँगै मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने हुनुभएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  २ : ४८ बजे