एमालेको सचिवालय बैठक सुरु

बन्दकर्ताले साझा यातायातको बस तोडफोड गरे

काठमाडौं । ललितपुरमा साझा बसमा तोडफोड भएको छ। नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बस तोडफोड गरेका छन्। 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ललितपुरको ईट्टीचोक (कुमारीपाटी) महायन पेट्रोल पम्प अगाडि आज बिहान ९ बजे बस तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताउनुभयो।

रत्नपार्क–लुभू–लामाटारको रूटमा चल्ने बा ५ ख ८७५५ नम्बरको बसमा क्षति पुगेको हो। बसको अगाडिको सीसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ४७ बजे