रेणु दाहालको सिफारिशमा कनिष्ठ व्यक्तिलाई कृषि विकास बैकको अध्यक्ष बनाउने तयारी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको सिफारिसमा वित्तिय क्षेत्रको अनुभव नभएका व्यक्तिलाई कृषि विकास बैकको अध्यक्ष बनाउने तयारी भएको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरु आक्रोषित बनेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको नेपाल राष्ट्रबैकका निवृत कार्यकारी निर्देशक एवं प्रवक्ता लक्ष्मी प्रसाद निरौलालाई हटाएर बैकिङ्ग क्षेत्रको अनुभव नभएका कृषिमा स्नातकमात्रै गरेका व्यक्तिलाई अर्थमन्त्रालयको प्रतिनिधिमा नियुक्त गरेर अध्यक्ष बनाउने तयारी भएको स्रोतले बताएको छ । 

नाम नबताउने शर्तमा एक कर्मचारीले चक्रपथलाई भने, सरकारले बैकिङ्ग तथा वितिय क्षेत्र बुझेको व्यक्तिलाई हटाएर चितवन गुन्जनगरका रमेश दुवाडीलाई अर्थमन्त्रालयको सदस्यमा मनोनयर गरेर भोलि अध्यक्ष बनाउने तयारी गरेको छ, उहाँलाई बैक तथा वितिय क्षेत्रका बारेमा केहीपनि जानकारी छैन ।’ वितिय क्षेत्रको अनुभव नभएका व्यक्तिलाई बैकको अध्यक्ष बनाउने तयारी गरेको भन्दै त्यहाँ कार्यरत माओवादी कार्यकर्तापनि असन्तुष्ट बनेका छन् । दवाडीलाई अध्यक्ष बनाउने योजना अन्र्तगत हिजो मन्त्रालयको प्रतिनिधिका रुपमा शपथ गराईसकिएको छ ।   
 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३५ बजे