वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : अध्यक्ष ओली

धनकुटा –  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएको बताउनु भएको छ ।

एमाले धनकुटाले छिन्ताङ्गमा आयाेजना गरेकाे ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताउनुभएको हो ।

आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्ष पछि प्रदेश सरकारमार्फत ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गर्नुभयो ।

पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उहाँको तर्क थियो । ‘अझै पनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,' उहाँले भन्नुभयो । 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ३३ बजे