आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानन्यायाधीशको वार्ता आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र : पूर्व न्यायाधीश फोरम

काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।

प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ३१ बजे