प्रचण्ड काँग्रेस बन्न तयार छन् : दुर्गा प्रसाई

काठमाडौं– नेकपा एमालेका नेता दुर्गा प्रसाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस बन्न तयार रहेको दाबी गर्नुभएको छ ।

धनकुटाको खोकुछिन्ताङमा एमालेद्वारा आयोजित सभालाई सोमबार सम्बोधनका क्रममा प्रसाईंले शेरबहादुर देउवाको वरीयता पाए प्रचण्ड कांग्रेसको बन्ने ठोकुवा गर्नुभयो । कांग्रेससँगको गठबन्धनका नाममा फेरि सत्तामा फर्किने प्रचण्डको सपना पनि पूरा नहुने उहाँले बताउनुभयो । ‘अब गठबन्धनका नाममा गरिएको अनैतिक खेल पानीको फोका झैँ हुनेछ, उहाँले भन्नुभयो, ‘पहिचानको नाममा जातीयताको बीउ रोप्नेहरु अब सकिनेछन्।’

प्रसाईले माओवादीका नाममा देशमा भएको १७ हजार नेपालीको रगतले प्रचण्ड र बाबुराम भट्टराईलाई पोल्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : १९ बजे