आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कानुन व्यवसायीले भने– प्रधानन्यायाधीशसँग वार्ता गर्दैनौँ, विज्ञप्तिबाटै जवाफ दिन्छौँ

काठमाडौं । नेपाल बार एशोसियसन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्तामा नबस्ने भएको छ । प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेको केहीबेरमा बारका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै अहिले प्रधानन्यायाधीशसँग वार्ताको वातावरण नभएको बताएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिले आफूहरु प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बताउनुभयो । ‘प्रधानन्यायाधीशज्यू, तपाईं विचौलिया हुनुभयो, वार्तामा त बस्नैपर्छ तर तपाईंसँग होइन । हामीले वक्तव्य मागेका होइनौँ राजीनामा मागेका हौँ । राजीनामा दिनुस् ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आफूहरुको युनिटका सबैलाई काठमाडौं बोलाएर सर्वोच्च केन्द्रित आन्दोलन थाल्ने बताउनुभयो।  अधिवक्ता लिलामणि पौडेलले जारी गरेको बिज्ञप्तीमा सम्मानित संस्था र सम्मानित पदको दुरुपयोग गरेकाले समग्र न्यायपालिकाको गरिमा  धुलीसात पारेकाले सवैको बिश्वास गुमाएकाले निजले तोकेको बेञ्चमा बसी सुनुवाई नगर्ने निर्णय भएको बताउनुभयो । जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबार देशव्यापी भइसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ५३ बजे