यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अध्यक्ष ओली धनकुटाको छिन्ताङमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा पुग्नुभएको छ ।

४३ औं छिन्ताङ स्मृति दिवसका अवसरमा सहिदभूमि गाउँपालिकामा  आयोजना हुने आमसभालाई सम्बोधन गर्ने अध्यक्ष ओली छिन्ताङ पुग्नुभएको हो । एमाले नेता दुर्गा प्रसाईका अनुसार आज माओवादी र कांग्रेस त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम छ । करिब २ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने उहाँले बताउनुभयो ।

यसैगरी छिन्ताङ सहिद परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो। कम्युनिस्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनकी सुत्केरीसहित १६ जनाको  हत्या गरिएको थियो। १६ जना मध्ये कसैलाई भीरबाट लडाएर, कसैलाई गोली हानेर, कसैलाई अरुण नदीमा बगाएर हत्या गरिएको थियो। कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ०१ बजे