उदयपुर – कटारी नगरपालिका-११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय सुभास परियारको शुक्रबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धरानबाट ओखलढुङ्गातर्फ जादै गरेको ना.१ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले उक्त भिरमा टिकटक बनाउने क्रममा लडेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ९ : २८ बजे
प्रतिक्रिया