आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वोच्चमा सुरक्षाकर्मीको पहरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि प्रदर्शन सुरु गरेको छ । 

कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वोच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताउनुभयो।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ३७ बजे