दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ता : यस्ता छन् एजेन्डा

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आज साँझ भर्चुअल बैठक हुँदैछ । 

दुई देशबीच तनाव बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । 

केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए ।  तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ । दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ । 

वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन् । बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपि सम्बन्धमा कुनै सुधार आउन सकेको छैन । 

के चाहन्छन् बाइडेन ?
​​​​​​​परम्परागत प्रतिद्वन्द्वी देश चीनसँग बाइडेनले खासै ठुलो अपेक्षा गरेका छैनन् । तर, वार्ताको ठोस नतिजा देख्न उनी आतुर छन् । दुवै जनाले अमेरिका–चीन सम्बन्ध सुधार गर्न चाहन्छन् । 

त्यस्तै, ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ । ताइवानमा शान्ति र स्थिरता कायम राख्न अमेरिकाले चीनलाई दबाब दिनेछन् । त्यसको जबाफमा राष्ट्रपति सीले ताइवानको सार्वभौमसत्ताबारे हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता माग गर्न सक्नेछन् ।

के चाहन्छन् राष्ट्रपति सी ?
राष्ट्रपति सीका लागि भने ताइवान मुद्दा महत्त्वपूर्ण छ । ताइवान मामिला आन्तरिक भएको र त्यहाँ हस्तक्षेप नगर्न उनले अमेरिकालाई दबाब दिनेछन् । पछिल्लो समयमा ताइवानलाई लिएर अमेरिकाले देखाएको चासोप्रति चीन असन्तुष्ट छ । एक साताअघि मात्र अमेरिकी सांसदको प्रतिनिधिमण्डले ताइवान भ्रमण गरेको थियो ।

भ्रमणको अमेरिकाले विरोध गरेको थियो । केही समयअघि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुवैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने यसअघि नै चेतावनी दिएको थियो । 

त्यस्तै, अमेरिकी हस्तक्षेपको निन्दा गर्दै चीनले आगोसँग नजिस्कन वासिंगटनलाई चेतावनी दिएको थियो ।एजेन्सी

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ४७ बजे