बाढीको स्थितिमा सुधार

१०औँ महाधिवेशनका लागि दार्चुलाबाट एमालेका १२ जना प्रतिनिधि छनोट

दार्चुला  ।  नेकपा (एमाले)ले १०औँ महाधिवेशनका लागि दार्चुलाबाट १२ प्रतिनिधिको टुङ्गो लगाएको छ । 

सङ्गठित सदस्यको सङ्ख्याका आधारमा दार्चुलाबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको  एमाले जिल्ला अधिवेशन आयोजक कमिटी सचिव ज्ञानेन्द्रसिंह घर्तीले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी छानिनुभएको छ । एमाले मार्मा गाउँ कमिटी इन्चार्ज देवसिंह महर र नेता हरदेव जोशी पनि महाधिवेशन प्रतिनिधि बन्नुभएको छ ।

महिलातर्फ अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहरा, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष मेनुका अवस्थी, महाकाली नगरपालिकाबाट दुर्गा धामी र दुहूँ गाउँपालिकाबाट गौरी बडाल छनोट भएका छन् । 

दलिततर्फ शैल्यशिखरबाट लालबहादुर विक र लेकम गाउँपालिकाबाट दानीराम पार्की महाधिवेशन प्रतिनिधि बनेका छन् । दार्चुलामा एमालेका ६ हजार ६ सय ७९ सङ्गठित सदस्य छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४९ बजे