काठमाडौँ । प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २९ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती: देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक ३० गते (मङ्गलवार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ मङ्सिर ०१ गते (बुधवार)
दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार ७ : ४१ बजे
प्रतिक्रिया