यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेमा ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं – नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि देशका अधिकांश जिल्लाहरुमा सर्वसम्मतबाट प्रतिनिधि चयन भएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीको पूर्वनिर्धारित तालिका अनुसार शनिबार एकै दिन प्रतिनिधि छनोटको काम सम्पन्न भएको र यसको थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।

एमाले पार्टी विधानले निर्धारण गरेको मापदण्ड अनुसार खुला, महिला, उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको र अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेको जनाइएको छ । कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश–१

पाँचथर

इलाम

झापा

संखुवासभा

तेह्रथुम

मोरङ

धनकुटा

सोलुखुम्बू

ओखलढुंगा

उदयपुर

खोटाङ

भोजपुर

बागमती प्रदेश

दोलखा

रामेछाप

सिन्धुली

सिन्धुपाल्चोक

काठमाडौं

भक्तपुर

ललितपुर

नुवाकोट

धादिङ

चितवन

मकवानपुर

उपत्यका विशेष कमिटी  

पेशागत

युवा विद्यार्थी

मजदुर

उद्योग व्यवसाय विशेष जिल्ला कमिटी

गण्डकी प्रदेश

गोरखा

लमजुङ

नवलपुर

तनहुँ

कास्की

स्याङजा

पर्वत

म्याग्दी

बागलुङ

मुस्ताङ

मनाङ

लुम्बिनी प्रदेश

गुल्मी

अर्घाखाँची

पाल्पा

रुपन्देही

कपिलवस्तु

दाङ

प्युठान

रुकुम

रोल्पा

बाँके

बर्दिया

कर्णाली प्रदेश

हुम्ला

डोल्पा

मुगु

कालिकोट

जुम्ला

जाजरकोट

रुकुमपश्चिम

सल्यान

सुर्खेत

सुदूरपश्चिम प्रदेश

दार्चुला

बैतडी

बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ५४ बजे